National

राष्ट्रिय वाणिज्य बैंकले गर्यो ३ कम्पनीहरुलाई १ करोड रुपैयाँ आर्थिक सहयोग

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले विभिन्न कम्पनीहरुलाई उर्जा बचत कार्य गरेवापत आर्थिक सहयोग गरेको हो । बैंकले विभिन्न ३ वटा कम्पनीलाई १ करोड ३ लाख ७४ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
जर्मन सरकारबाट केएफडाब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ईनर्जी ईफिसिएन्सी प्रोग्राम नेपालको अनुदान सहयोग कार्यक्रम अन्तर्गत सो रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले प्रिमियर अर्गानिक्स्लाई ५३ लाख ५१ हजार रुपैयाँ, हुलास स्टील इन्डस्ट्रिजलाई ३३ लाख १५ हजार रुपैयाँ, प्रिमियर स्टिललाई १७ लाख आठ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार उक्त रकमको चेक मंगलबार हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरेका छन् । उनले यस्तो अनुदानले उर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने पनि बताए । नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले सो आयोजना कार्यन्वयनको लागि पीईएको रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।
यस आयोजनामा नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्राप्त हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै