National

भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

काठमाडौँ । छिमेकी राष्ट्र भारतको विदेशी मुद्रा सञ्चिति बढेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार पछिल्लो हप्तामा भारतको बिदेशी मुद्रा सञ्चिति ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ ।

भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ले यो सञ्चिति अहिलेसम्मकै उच्च रहेको बताएको छ ।

भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा यसको न्युन स्तर ८३.४३ मा झरेको समेत रिजर्भ बैंक अफ इण्डियाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै