नेपाल बैंकका ग्राहकहरूलाई ब्ल्याक हर्स इण्डष्ट्रिजमा छुट

काठमाडौँ। नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता भएको छ । बैंकमा खाता रहेका ग्राहकहरू हरुलाई काठमाडौँको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिजमा छुट हुनेगरी बैंकले सम्झौता गरेको हो।

बैंकमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौँको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र बिक्री गर्ने गरेको ब्ल्याक हर्स ब्राण्डका विभिन्न किसिमका जुत्ताहरुको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुटका लागि सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिजको तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरे।

नेपाल बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा।लिद्वारा उत्पादित ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरु देशभर रहेका विक्रेताहरुबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै