काठमाडौँ। विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर ०.७५ प्रतिशतबाट बढाएर १.५ प्रतिशत पुर्याएको हो।
बैंकले जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन् ।