prabhu

Toastmasters को नयाँ अध्याय: ‘Eloquence Toastmasters Club’ को डेमो मिटिङ सम्पन्न, नेपालमा ६७औँ क्लबको यात्रा सुरु

काठमाडौं । काठमाडौंको थेम्स इन्टरनेशनल कलेजमा साउन ११ गते Eloquence Toastmasters Club को पहिलो डेमो मिटिङ भव्य रूपमा सम्पन्न भएको छ । Toastmasters International अन्तर्गतको सम्भावित नयाँ क्लबले युवामा संचार, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ । ‘One – Many’ भन्ने विषयमा आधारित उक्त कार्यक्रममा क्लबकी Presiding Officer सम्बृद्धि कार्कीले Toastmasters का मूल्य र उद्देश्यबारे सशक्त मन्तव्य दिएकी थिइन् भने सत्र सञ्चालनको जिम्मेवारी Toastmaster of the Evening (TMoE) प्रज्वल ताम्राकारले कुशलतापूर्वक सम्हालेका थिए । कार्यक्रमलाई सरोज ताम्राकार (मूल्याङ्कनकर्ता), दृष्टि सिंह (टाइमर), उनिशा महर्जन (अह काउन्टर), अशिका डाँगी (व्याकरण विश्लेषक) र सालिना कापाली (मतगणक) ले सहयोगी भूमिकाबाट सशक्त बनाएका थिए ।

कार्यक्रमको विशेष आकर्षण ‘On-the-spot Evaluation’ सत्र नै थियो । जहाँ मृदुल बस्नेत र मदन के. पनेरुले प्रभावशाली भाषण प्रस्तुत गरेका थिए । कार्यक्रममा मृदुल बस्नेतद्वारा HOPE शीर्षकमा दिइएको वक्तव्य गहन र जिवनयोपगी थियो । Toastmasters को CRC विधि – Commend, Recommend, Commend – अनुसार मूल्याङ्कनकर्ताहरू शाहील बराल र राजन महर्जनले तुरुन्तै विश्लेषण गरेका थिए । उक्त अभ्यासले Toastmasters क्लबलाई केवल बोल्ने अभ्यासमात्र नभई आत्मपरिमार्जन र नेतृत्व विकासको अन्तर्राष्ट्रिय प्रयोगशाला बनाएको छ।

Table Topic Master पुजन गुरुङको संयोजनमा आकस्मिक प्रश्नहरूको सत्रले सहभागीहरूको स्पष्ट सोच, द्रुत निर्णय क्षमता र भाषण कलाको परीक्षण गरेको थियो । साथै, General Evaluator सरोज ताम्राकारको नेतृत्वमा समग्र सत्रको समीक्षा गर्दै व्याकरण, टाइमिङ र संचार प्रभावकारिता सम्बन्धी पक्षहरूको विश्लेषण गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सालिना कापालीद्वारा विजेता घोषणा गरिएको थियो । मृदुल बस्नेत र मदन पनेरु ‘श्रेष्ठ वक्ता’ घोषित भए भने रुमित श्रेष्ठ, साहिल बराल र रजन महर्जन ‘श्रेष्ठ मूल्याङ्कनकर्ता’ बनेका थिए । टेबल टपिकतर्फको उत्कृष्ट वक्ता भने मत परिणामअनुसार घोषणा गरिने जनाइएको छ।

त्यस्तै, कार्यक्रमका विशेष अतिथि तथा अर्थखबर का प्रधान सम्पादक भुवन भण्डारीले Toastmasters लाई केवल अंग्रेजीमा बोल्ने थलो नभएर नेतृत्वको अन्तर्राष्ट्रिय प्रयोगशाला भएको भन्दै यसको मूल्याङ्कन संस्कार र संवाद कलालाई नेपालको युवा विकासमा क्रान्तिकारी पहलको रूपमा व्याख्या गरेका छन् ।

Eloquence Toastmasters Club ले हरेक आइतबार साँझ ५:४५ बजे नियमित सत्र, भाषण प्रतियोगिता, नेतृत्व तालिम, Mentor–Mentee कार्यक्रम तथा शैक्षिक संस्थाहरूसँगको सहकार्यमा आउटरीच कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ । हाल नेपालभर ६६ Toastmasters क्लबहरू सक्रिय छन्, र Eloquence Club को औपचारिक चार्टरपछि यो संख्या ६७ पुग्नेछ ।

Toastmasters International के हो?

Toastmasters International एक गैर-नाफामुखी संस्था हो जसले व्यक्तिगत विकास, नेतृत्व, वक्तृत्व कला र आत्मविश्वास अभिवृद्धिका लागि सुरक्षित र संरचित वातावरण प्रदान गर्छ। ‘Where Leaders are Made’ भन्ने नारासहित Toastmasters ले नेपालमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षमता भएका व्यक्तिहरू उत्पादन गर्न सहयोग गरिरहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै