prabhu

प्रिन्ट र स्टेशनरीमा प्राइम कमर्सियल बैंकको खर्च ४ करोड, खर्च धेरै देखाएर घोटाला गरेको आरोप !

काठमाडौँ। प्राइम कमर्सियल बैंकले प्रिन्ट र स्टेशनरीमा मात्रै ४ करोड बढी खर्च गरेको छ। बैंकको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन अनुसार बैंकले प्रिन्ट र स्टेशनरीमा मात्रै ४ करोड बढी खर्च गरेको हो।

अन्य बैंकको तुलनमा यो खर्च धैरै रहेको छ । वार्षिक साधारणसभा सेयरधनीहरुले प्रिन्ट र स्टेशनरीबाट व्यवस्थापन ठूला रकम कमिसन लिने गरेको हो भन्दै आवाज समेत उठाएका थिए ।

बैंकको कर्मचारी खर्च अन्तरगतको अन्य खर्चमा बैंकले ७ करोड ७१ लाख ५६ हजार २७१ रुपैयाँ, अन्य संचालक खर्च अन्तरगतको अन्य खर्चमा १ करोड ७६ हजार ५३ हजार ६३६ रुपैयाँ, प्रशासन कार्यालय खर्च अन्तरगतको शिर्षकमा अन्य खर्चमा ३ करोड २२ लाख ४० हजार ८ सय रुपैयाँ र शुल्क र कमिशन खर्चमा अन्तरगत अन्य शिर्षक राखी ९ करोड ७ लाख ८४ हजार १७० रुपैयाँ खर्च देखाएको छ ।

बैंकको खराब कर्जाले बैंक संकटमा पुग्न लागेको देखिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै