प्राइम बैंक कमर्सियल बैंकले पायो ऋणपत्र ल्याउन अनुमति

काठमाडौँ। प्राइम बैंक कमर्सियल बैंकले ऋणपत्र ल्याउन अनुमति पाएको छ। बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउन अनुमति पाएको हो ।

नेपाल धितोपत्र बोर्डले बुधबार प्राइम बैंकलाई ‘प्राइम बैंक डिबेन्चर २०९३’ नामक ऋणपत्र ल्याउन अनुमति दिएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासन गर्नेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ६.२५ प्रतिशत ब्याज पाउनेछन्। प्राइम बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै