काठमाडौँ। प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो।
बैंकको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकले हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी सो सेयर बिक्रीमा ल्याएको हो।
उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्नेछन्।
साथै, बैंकले बिक्रीमा ल्याएको संस्थापक शेयर संख्या भने खुलाएको छैन।


