काठमाडौँ। प्राइम कमर्सियल बैंकले ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ। बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको हो ।
बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ‘प्राइम कमर्सियल बैंक डिबेन्चेर २०९३’ नामक ऋणपत्र ल्याउन अनुमति मागेको छ ।
धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।
उक्त ऋणपत्र १० वर्षे अवधिको हो भने यसमा लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याज पाउनेछन्।
त्यस्तै, प्राइम बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।


