काठमाडौँ। सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
बैंकले डिजिटल पेमेन्ट अपरेसनस १ जना, गोल्ड टेस्टर १ जना, बिजनेस इन्टेलिजेन्स एनालिस्ट ३ जना र इन्फर्मेसन सेक्रेटरी एनालिस्ट २ जना गरी कुल ७ जनाका लागि जागिर खुलाएको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले वैशाख ७ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ।


