काठमाडौँ। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले करिब एक महिनादेखि रिक्त रहेका दुई डेपुटी गभर्नर पदमध्ये एक पदमा मात्रै किरण पण्डितलाई नियुक्त गरेको हो।
पण्डित हाल नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको प्रस्ताव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डेपुटी गभर्नरका लागि मन्त्रिपरिषद् बैठकमा लगेका थिए।

