प्रहरी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले ५० लाखसम्म सहुलियत कर्जा दिने

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंक र नेपाल प्रहरीबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बहालवाला तथा अवकाश, अमर-शहिद र अशक्त प्रहरी कर्मचारीले ५० लाख रुपैयाँसम्म घर कर्जा तथा ७ देखि १० वर्षसम्मको सवारी कर्जा पाउनेछन्।

पेशाकर्मी सरल कर्जा १५ लाख र पेन्सनर कर्जा ५ लाखसम्म उपलब्ध हुनेछ।

यता घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम गरिएको छ। सम्झौता पाँच वर्षका लागि नवीकरण गरिएको हो।

यस्तै, दुर्घटनामा मृत्यु वा पूर्ण अपाङ्गता भएमा ५ लाख रुपैयाँसम्मको बीमा सुविधा तथा उपचारसम्बन्धी बीमा सुविधा पनि उपलब्ध गराइनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्