काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले बाढी पिडितलाई सहयोग गरेको छ। बैंकले बाढी पिडितलाई ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन:स्थापनाका लागि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत र पुन:स्थापना कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वासका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको हो।
बैंकले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।



