बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटले नि:शुल्क सेवा दिने

काठमाडौँ । बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटले नि:शुल्क सेवा दिने भएको छ। विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले विपद्प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेटका ग्राहकहरूलाई प्रभावित अवधिभरका लागि नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो ।

प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपतकालीन समन्वयमा इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहने भएकाले प्रभावित ग्राहकहरूलाई १५ दिनको थप नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराइने भएको हो ।

डिसहोम इन्टरनेटको पहुँच पुगेका निम्न क्षेत्र: त्रिशूली, त्रिशूली बट्टार, गल्छी, आदमघाट, मलेखु) क्षेत्रहरूमा थप नि:शुल्क सेवा उपलब्ध हुनेछ ।

डिसहोमले विपद्को यस कठिन परिस्थितिमा आफ्ना ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता, सूचना पहुँच र आवश्यक सञ्चारमा सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको जनाएको छ ।

कम्पनीले प्रभावित ग्राहकहरूलाई यस विषम परिस्थितिमा धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र तथा आधिकारिक ग्राहक सेवा माध्यममार्फत सम्पर्क राख्न अनुरोध गरेको छ ।

Press Release Free Internet to Flood affected area

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्