काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो।
बैंकले हेड फाइनान्स १ जना, रिस्क अफिसर १ जना, ब्रान्च म्यानेजर १० जना, लिगल अफिसर १ जना, सफ्टवेयर डेभलपर १ जना, सेमी क्वालिफाइड सीए २ जना, रिलेसनसिप म्यानेजर केही, सेक्युरिटी अफिसर १ जना, गोल्ड टेस्टर ३ जना र ट्रेनी असिस्टेन्ट केही पदमा आवेदन मागेको छ।
इच्छुक उम्मेदवारले पद र आफूले रोजेको स्थान उल्लेख गरी अद्यावधिक बायोडाटा हालसालै खिचिएको पासपोर्ट साइज फोटो, नागरिकताको प्रमाणपत्र, अनुभवसम्बन्धी पत्र तथा उच्चतम शैक्षिक योग्यताको प्रमाणपत्रसहित आवेदन दिनुपर्नेछ। बैंकले भदौ १७ गतेसम्म आवेदन पठाउनुपर्ने उल्लेख गरेको छ।
बैंकले प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र थप छनोट प्रक्रियाका लागि सम्पर्क गर्ने जनाएको छ।
बैंकको जागिर सम्बन्धी विवरण बैंकिङ संसारको भ्याकेन्सी पोर्टलमा सहजै हेर्न सकिन्छ।



