PRABHU BANK

विश्व बैंकको ७७ करोड बढीको लगानीमा पोखराका दुई ओटा सडक निर्माण गरिँदै

काठमाडौँ । विश्व बैंकको आर्थिक सहयोगमा पोखराका दुई ओटा सडक स्तरोन्नति गरिने भएको छ । पोखरा महानगरपालिका-१७ दोबिल्लाबाट सुरु भएर बाघमारा-तिक्लाङ-बडहरकोट-लामगाडी-चापलाङ-उपल्लो पुडिँटार-तल्लो पुँडीटार-झिगटे (जनजागृति मावि) तगारेगौडा-तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको हो ।

पोखरामा निर्माण हुने यस सडक विश्व बैंकको लगानीमा बन्न लागेको तेस्रो परियोजना हो । सो सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालि भरतपुरबीच सम्झौता भइसकेकोजनाएको छ  । सडक आगामी ३ सय ९० दिनमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको जनाएको छ ।

विश्व बैंकको ७७ करोड ६८ लाख ९२ हजार ८ सय ३७ लागत सहयोगमा दुई वटा खण्डमा सडक निर्माण हुने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिएका छन् । अधिकृत थापाका अनुसार परियोजनाअन्तर्गत करिब १२.४४ किलोमिटर सुविधासम्पन्न सडक निर्माण हुने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै