PRABHU BANK

विश्व बैंकबाट सरकारले १३ अर्ब ३३ करोड ऋण लिने

काठमाडैं । नेपाल सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिने भएकाे छ । साउन १० गते बसेकाे मन्त्रिपरिषदको बैठकले विश्व बैंकबाट उक्त ऋण लिने निर्णय गरेकाे हो ।

सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको पहिलो चरणका लागि विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर ऋण लिने निर्णय गरेकाे छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६ सय ४० गरिब परिवारको सूची मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी गराएका हुन् ।

गुरूङका अनुसार नुवाकोट, सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, धनुषा, बारा, पर्सा, सप्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रूपन्देही, गुल्मी, बैतडी र कञ्चनपुरका गरिब परिवारको अन्तिम सूची मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै