काठमाडौं । ज्योति विकास बैंकले आफ्नो स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ। यो अवसरमा बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। स्थापना भएको १७ वर्षमै बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।
उक्त प्रमाणपत्र अन्तर्राष्ट्रिय प्रमाणीकरण संस्था इन्टरसर्टले प्रदान गरेको हो, जुन विश्वव्यापी रूपमा सूचना सुरक्षाको उच्च मापदण्ड मानिन्छ।
बैंकले आफ्नो सेवा प्रणालीमा मोबाइल बैंकिङ, भुक्तानी कार्ड, निक्षेप तथा कर्जा सेवा, सूचना प्रविधि, मानव स्रोत व्यवस्थापन, डिजिटल बैंकिङ, सञ्चालन र जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा गुणस्तरीय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएको छ। ग्राहकको विश्वास मजबुत बनाउने उद्देश्यले, बैंकले सुरक्षासम्बन्धी नीति, अभ्यास र नियन्त्रण प्रणालीहरूलाई निरन्तर सुधार गर्दै आइरहेको छ।
प्रविधिमैत्री र सेवाग्राही केन्द्रित प्रणालीलाई प्राथमिकता दिँदै बैंकले डिजिटल रूपान्तरण तथा नयाँ प्रविधिको प्रयोगमार्फत नेपालको डिजिटल बैंकिङ क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
जीवन रक्षाजस्ता संवेदनशील क्षेत्रहरूमा क्रियाशील रहँदै, ज्योति विकास बैंकले समाजमा सकारात्मक परिवर्तनको बीजारोपण गर्ने लक्ष्य लिएको छ। हाल बैंकले १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत देशभर सेवा प्रदान गरिरहेको छ।
साइबर सुरक्षाप्रति उच्च सजगता अपनाउँदै, बैंकले रोकथाम प्रणाली, निरन्तर सुधारको नीति र नियामक निकायका मापदण्डअनुसार सेवा प्रवाह गरिरहेको छ। संस्थागत सुशासनलाई आधार मानेर, समाजप्रति उत्तरदायी भई दिगो परिवर्तन र प्रगतिमा योगदान दिने दृढ अठोटका साथ अगाडि बढ्ने प्रतिबद्धता बैंकले पुनः व्यक्त गरेको छ।