DISH HOME

साउन ५ सम्म निक्षेप संकलन र कर्जा लगानी दुवै घट्दा बैंकिङ प्रणालीको तरलता झनै सुस्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउन ४ र ५ गतेको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलनमा गिरावट आएको छ । त्यस्तै, कर्जा लगानी पनि घट्दो क्रममा देखिएको छ ।

साउन ४ गतेसम्म बैंकिङ प्रणालीमा जम्मा ७२ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो । तर भोलिपल्ट, साउन ५ गते यो रकम ७ अर्ब रुपैयाँले घटेर ७२ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरूको निक्षेप मात्र करिब ७ अर्ब रुपैयाँले घटेको देखिन्छ । यसैबीच, सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट करिब ४ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरिएको तथ्यांकले देखाउँछ । साउन ४ मा कुल कर्जा लगानी ५५ खर्ब ६७ अर्ब रुपैयाँ रहेकोमा साउन ५ मा घटेर ५५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।

यद्यपि, कर्जा लगानीमा कमी आए पनि कर्जा-निक्षेप अनुपात भने ७५.७६ प्रतिशत पुगेको छ। यो अनुपात यद्यपि राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमाभन्दा तल भए पनि तरलता प्रवाहमा सुस्तता रहेको संकेत देखिन्छ।

बैंकिङ प्रणालीमा देखिएको यस्तो सुस्त गतिले निकट भविष्यमा कर्जा विस्तारको गति र आर्थिक गतिविधिमा पनि असर पार्न सक्ने देखिएको छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै