DISH HOME

५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, इच्छुक कम्पनीहरूलाई प्रस्ताव पेश गर्न आह्वान !

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ५० दरको नयाँ नोट छाप्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। यसका लागि राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै इच्छुक कम्पनीहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो।

केन्द्रीय बैंकले यसपटक ४२ करोड थान नयाँ नोट छपाइ गर्ने योजना बनाएको छ। बोलपत्र पेश गर्न चाहने कम्पनीहरूले आउँदो सेप्टेम्बर ७ (भदौ २२ गते) भित्र राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा प्रस्ताव बुझाउनु पर्नेछ।

प्रस्ताव पेश गर्दा कम्पनीहरूले रु २० हजार, वा वैकल्पिक रूपमा १४६ अमेरिकी डलर, १२६ युरो वा १०९ पाउन्ड स्टर्लिङ बराबरको धरौटी राख्नुपर्नेछ । राष्ट्र बैंकले छनोट गर्ने कम्पनीले नोटको डिजाइन, छपाइ र आपूर्ति सम्मको सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्नेछ। बैंकले गुणस्तरीय नोट छपाइका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट योग्य कम्पनी छनोट गर्ने जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै