DISH HOME

एनआईसी एशिया बैंकको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य प्रतिकित्ता १९० रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंकको ७ लाख ५ हजार ९५० कित्ता संस्थापक समूहको सेयर आज साउन ९ गतेदेखि लिलामीमार्फत बिक्रीमा राखिएको छ।

उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरूका साथै अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूले पनि खरिदका लागि आवेदन दिन सक्नेछन्।

लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा सो मूल्य वा सोभन्दा उच्च दरमा कबोल गर्नु पर्नेछ।

बोलपत्रमार्फत आवेदन दिन चाहनेले कम्तीमा १,००० कित्ता शेयरका लागि बोलकबोल गर्नुपर्नेछ। बोलपत्र काठमाडौं, बालुवाटरस्थित एनएमबि क्यापिटलको कार्यालयमा बुझाउनुपर्नेछ।

बोलपत्र बुझाउने अन्तिम म्याद आजै साउन ९ गते दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताहरूलाई तोकिएको समयभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै