prabhu

स्वस्तिक लघुवित्तको आइपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले पहिलो चरणमा बिक्री गरिरहेको आइपीओमा आज साउन ९ गते (अन्तिम दिन) सम्म आवेदन दिन सकिनेछ। कम्पनीले असार २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो।

नेपाल धितोपत्र बोर्डबाट २ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासनको अनुमति पाएको लघुवित्तले १०० रुपैयाँ अंकित दरमा २ लाख ३१ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरिरहेको हो।पहिलो चरण अन्तर्गत, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल २३ हजार १ सय कित्ता शेयर छुट्याइएको छ। इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

विदेशमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू, तथा सीडीएससीको मेरो सेयर पोर्टलमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीले दोस्रो चरणमा कुल आइपीओमध्ये ०.५ प्रतिशत अर्थात् १,१५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ११,५५० कित्ता सामूहिक लगानीकर्ताका लागि छुट्याइनेछ भने बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले रेटिङ्ग एजेन्सी इक्रा नेपालबाट प्राप्त गरेको क्रेडिट रेटिङ अनुसार, संस्थालाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एट(@) प्रदान गरिएको छ। यो रेटिङले लघुवित्त संस्थाको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै