काठमाडौँ । सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबिच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सैलूनका विभिन्न सेवामा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
सो सम्झौता अनुसार ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सकिनेछ।