PRABHU BANK

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । बैंकका ग्राहकले अमेरिकामा आधारित कोडिङ शैक्षिक संस्था कोडिङ्गलको अधिकृत साझेदार मेन्टोरल्याब इडीएक्सले प्रदान गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंकको व्यावसायिक संस्थासँगको सम्झौता पश्चात् बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूले उपलब्ध गराउने विभिन्न सेवा सुविधाहरुमा विशेष छुट पाउने भएका छन् ।

त्यस्तै, बैंकका ग्राहकहरूले लगनखेल ललितपुरमा अवस्थित पेडल साइकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवाहरूमा अधिकतम १ सय ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै