PRABHU BANK

माछापुच्छ्रे बैंकले एनसेलसँगको सहकार्यमा डिजिटल प्लेकार्डमार्फत सेवा प्रदान गर्ने

काठमाडौँ । माछापुच्छ्रे बैंकले एनसेलसँगको सहकार्यमा डिजिटल प्लेकार्डमार्फत सेवा प्रदान गर्ने भएको छ । बैंक र एनसेलबीच भएको सम्झौता अनुसार अब एनसेल एपमा माछापुच्छ्रे बैंककाे प्लेकार्डमार्फत सेवा प्रदान गरिने भएको हो ।

मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधा रहेको एनसेलको ‘सधैँ अन’ योजनाअन्तर्गत गरिएको यस सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकमा खाता भएका एनसेलका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘एमबीएल एम-स्मार्ट’ को चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका सेवा सुविधा खरिदका लागि भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सकिने बैंकले जनाएको छ ।

उक्त सम्झौताले ग्राहकहरूको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।

सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन लैनचौरमा हस्ताक्षर गरेका थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै