PRABHU BANK

एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ को सदस्य

काठमाडौँ । एनआईसी एशिया बैंक ‘पार्टनरशिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)’ को सदस्य बनेको छ । पीक्याफ आवद्ध सदस्यहरुको ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्ने विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा सुरुवात गरिएको विश्वव्यापी पहल हो ।

बैंकले पीक्याफसँग साझेदारी गरेर आफ्नो कार्बनको पारदर्शी मूल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ । ६ ओटा महादेशका ४ सय ८० भन्दा बढी वित्तीय संस्थाहसहित पीक्याफ उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार हुँदै गइरहेको छ ।

एनआईसी एशिया बैंकले आफ्ना देशैभर रहेका ३६० वटा शाखा कार्यालय, ६ सय ७१ एटीएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ ईकाई मार्फत आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै