काठमाडौँ। ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काको मृत्यु प्रकरणले बैंकिङ क्षेत्रमा ठूलो हलचल भईरहेका बेला बैंकभित्रको तनाव र दबाबका विषयहरु थप बाहिर आउन थालेका छन् । खड्काले सामाजिक सञ्जालमार्फत केही उच्च अधिकारीहरुको तस्वीर राख्दै आफूलाई मानसिक रुपमा प्रताडित गरिएको संकेतसहित देहत्याग गरेपछि बैंकका अन्य कर्मचारीहरु पनि त्रसित बनेका हुन् ।
उनीहरु आफुहरुको कुरा सुन्ने कोहि नभएको भन्दै प्रहरी गुहार्न पुगेका हुन् ।
सिइओसहितको फोटोसहित स्ट्याटस लेखेर ग्लोबल आईएमई बैंकका कर्मचारीले गरे आत्महत्या !
बैंकिङ संसार डटकमको सम्पर्कमा आएका ग्लोबल आईएमई बैंकका केहि कर्मचारीहरुका अनुआर आफूहरुलाई पनि मानसिक दबाब, धम्की र फसाउने प्रयास भइरहेको भन्दै प्रहरीसम्म पुग्ने सल्लाह अनुसार केहि कर्मचारी प्रहरीसम्म पुगेका हुन् ।
प्रहरीसमक्ष पुगेर उनीहरुले सुरक्षा र कानुनी संरक्षण मागेका छन् । यद्यपी कसैविरुद्ध प्रहरीमा थप किटानी जाहेरी, वा उजुरी भने नदिईसकेको उनीहरुको भनाई छ ।
ग्लोबल आईएमई बैंक झापा घटना : पिताम्बर खड्काको अन्त्यष्टी, हेड अफिसबाट कोहि गएनन् मलामी !
उनीहरुले बैंकभित्र लामो समयदेखि अस्वस्थ कार्यसंस्कृति रहेको, लक्ष्य पूरा नगरेको बहानामा कर्मचारीमाथि अनावश्यक मानसिक दबाब दिने गरिएको आरोप लगाएका छन् ।
‘हामीमध्ये धेरै जना मानसिक तनावमा छौं । बोल्न खोज्दा झन् फसाइने डर छ । पिताम्बर दाइको घटनापछि हामीलाई पनि केही हुन्छ कि भन्ने डर बढेको छ । त्यसैले प्रहरीसँग सुरक्षा खोज्नुपरेको अवस्था आएको हो ।’ एक कर्मचारीले भने, ‘अव हाम्रो पनि पिताम्बरकै हालत हुने हो कि भन्ने डर छ ।’
ग्लोबल आईएमई बैंकले भने हालसम्म यस विषयमा विस्तृत आधिकारिक धारणा सार्वजनिक गरेको छैन । बैंकका सीइओ नेपालमा छैनन् भने आत्महत्या दुरुत्साहनको आरोप लागेका अन्य सार्वजनिक सम्पर्कमा छैनन् ।


