प्रभु बैंकको ६ लाखबढी कित्ता संस्थापक सेयर सर्वसाधारणले किन्न पाउने, १५ दिन भित्र आवेदन दिनुपर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक शेयर उनीहरूका नाममा रहेको ६ लाखबढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सेयरधनीहरूका नाममा रहेको ६ लाख ५६ हजार २ सय ३४ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

बैंकले यसअघि उक्त शेयर संस्थापक सेयरधनीहरले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो भने तोकिएको समयभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि आवेदन नपरेपछि बैंकले विद्यमान संस्थापक शेयरधनी वा अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा ल्याएको शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै