कर्जा लगानीमा आक्रामक बन्दै बैंकहरू, एक महिनामै ५० अर्बबढि लगानी 

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरू पछिल्लो ४ महीनामा लगानी बढाउने दौडमा रहेका छन् । चैत्र महिनामा मात्र बैंकहरूले ५० अर्ब ५५ करोड लगानी गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको रिपोर्टले देखाएको छ ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ५१ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । 

अघिल्लो आर्थिक वर्षा फागुन मसान्तसम्ममा बैंकहरूले ५० खर्ब ९१ अर्ब रुपैयाँ लगानी गरेका थिए । यता समीक्षा अवधिमा निक्षेप भने २४ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

फागुन मसान्तसम्म ६१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५० खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले चैत मसान्तसम्ममा ६१ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५१ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्