National

नेपाल राष्ट्र बैंकले २० अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २० अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि उक्त रकम बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 
बैंकले ९१ दिनको अवधिका लागि १४ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल २०७७ साल पुस ७ गते परिपक्क हुने भएको छ ।
यस्तै बैंकले १८२ दिनको अवधिका लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल २०७७ साल चैत्र १० गते परिपक्क हुने भएको छ । 
यसैगरी ३६४ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । उक्त ट्रेजरी बिल २०७८ साल भाद्र ५ गते परिपक्क हुने बैंकले जनाएको छ । बैंकको उक्त ट्रेजरी बिल असोज ५ गते सोमबार ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै