नेपाल राष्ट्र बैंकले गर्यो बैंक तथा वित्तीय संस्थाहरुका लागि नयाँ व्यवस्था

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुका लागि नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक सूचना प्रकाशन गर्दै नयाँ व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी विप्रेषण कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुलाई नेपाली श्रमिकहरु कार्यरत रहेको विभिन्न देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थाहरुसँग आवद्ध भई विप्रेषण कारोबार गर्दा पालना गर्नुपर्ने ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’ को साविकका व्यवस्थाका अतिरिक्त नयाँ व्यवस्था पालना गरी कारोबार गर्नुपर्ने बैंकले सूचनामार्फत जनाएको हो ।
राष्ट्र बैंकले नयाँ व्यवस्थामा विभिन्न सर्तहरु राखेको छ । नेपाली कार्यरत देशबाट विप्रेषण पठाउने संस्था उक्त देशमा सञ्चालनमा रहेको डिजिटल पेमेन्ट इन्ष्ट्रमेण्ट सञ्चालन गर्ने संस्थागत आवद्ध भएको हुनु पर्ने, डिजिटल पेमेन्ट इन्ष्ट्रमेन्टबाट क्रस बर्डर कारोबार गर्दा प्रयोगमा ल्याइने सफ्टवेरमा अपनाउनु पर्ने, सुरक्षा व्यवस्थाहरुका बारेमा सम्झौतामा स्पष्ट व्यवस्था गरेको हुुनु पर्ने लगायतका सर्तहरु राखेको बैंकले जनाएको छ ।
यस्तै सम्बद्ध पक्षहरुको कारोबार डिजिटल अभिलेखमा नेपालको प्रचलित कानुनले व्यवस्था गरे अनुसारको समयावधि सुरक्षित राख्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने पनि बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै