National

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 
उक्त २ वटा नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२९ पुगेको छ ।
बैंकले रोल्पा जिल्लाको गंगादेव गाँउपालिका वडा नं ७ ताप्लाबजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा कमला ओलीलाई नियुक्त गरेको छ । 
यस्तै सिराहा जिल्लाको कल्याणपुर गाँउपालिका वडा नं ६ कल्याणपुरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा किरण कुमारी साहलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । 
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै