National

कृषि विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता, डिजिटल भुक्तानीमा सहज बनाउने उद्देश्य

Agriculture Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । बैंकले ईन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको हो ।
कृषि विकास बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका तर्फबाट निर्देशक अमित अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् । 
खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयोग गर्न सकिने पनि बैंकले जनाएको छ । 
सम्झौताअनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्ने भएको छ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै