काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेड र करिश्मा पोलिक्लिनिक प्रा. लि , बुटवलबीच सम्झौता भएको छ। बैंक र करिश्मा पोलिक्लिनिक प्रा. लिबीच छुट सम्झौता सम्पन्न भएको हो।
बैंकका ग्राहकहरू तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा औषधि खरिदमा विशेष छुट सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्र सम्पन्न भएको छ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार फार्मेसीका सामग्रीमा १० प्रतिशत तथा अन्य स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ।
यो छुट सुविधा बैंकका डेबिट कार्ड होल्डर तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई प्रदान गरिने जनाइएको छ। बैंकले आफ्ना डिजिटल तथा कार्ड सेवाका ग्राहकलाई स्वास्थ्यसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था गरेको हो। सूचनासहित:




