National

मिथिला लघुवित्त वित्तीय संस्थाको नाफा बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

Mithila Laghubitta Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षका पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५७ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४६ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन अघिल्लो बर्षको तुलनामा लघुवित्तको नाफा २४२.५२ प्रतिशतले बढी हो । कम्पनीको खुद व्याज आम्दानी ३६ दशमलव १३ प्रतिशत र सञ्चालन नाफा पनि २००.४१ प्रतिशतले बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा १ करोड ८८ लाख रुपैयाँ मात्र खुद व्याज आम्दानी गरेको कम्पनीले यस त्रैमासमा बढाएर २ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको सञ्चालन नाफा पनि ७१ लाख ८४ हजार रुपैयाँबाट बढेर २ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिसम्ममा लघुवित्तले ४१ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्व ४५ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल लघुवित्तको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ४५ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ४७ पैसा रहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै