National

लुम्बिनी विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Lumbini Bikas Bank
  • बैंकिङ संसार
काठमडौं । लुम्बिनी विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो बर्षको तुलनामा बैंकको यस वर्षको खुद नाफा १५ दशमलव ४५ प्रतिशतले बढी हो ।
यस्तै यस बैंकको वितरण योग्य नाफा २ करोड ११ लाख रुपैयाँ रहेको छ भने खुद व्याज आम्दानी २३ प्रतिशतले घटेर २४ करोड ९५ लाख रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३० करोड ६९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा भने १५ दशमदव ३४ प्रतिशत ले बढाएर १५ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १३ करोड ८४ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको थियो । बैंकको हालको चुक्ता पुँजी २ अर्व ७१ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९८ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै