सीडी रेसियो सीमा नाघेपछि नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको जरिवाना

काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (CD Ratio) सम्बन्धी नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई आर्थिक जरिवाना गरेको छ। वित्तीय संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको कारबाही विवरणअनुसार बैंकले तोकिएको सीमा नाघेपछि जरिवाना गरिएको हो।

राष्ट्र बैंकका अनुसार बैंकको CD Ratio २०८० साउनमा पहिलो पटक र भदौमा दोस्रो पटक राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८० को निर्देशन नं. ५ को बुँदा नं. ६ को उपबुँदा नं. (६) मा तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाइएको थियो।

यसरी नियामकीय सीमा उल्लंघन गरेपछि एकीकृत निर्देशन, २०८० को निर्देशन नं. ५ को बुँदा नं. ६ को उपबुँदा नं. (७) बमोजिम बैंकलाई कुल रु. २,९१,९२,१०७ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसअघि पनि सोही बैंकलाई अनिवार्य नगद मौज्दात (Cash Reserve Ratio–CRR) सम्बन्धी व्यवस्था पालना नगरेको विषयमा राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थासम्बन्धी निर्देशन, २०७८ बमोजिम आर्थिक जरिवाना गरेको विवरणमा उल्लेख छ।

राष्ट्र बैंकले बैंकहरूलाई तरलता व्यवस्थापन, CD Ratio तथा अन्य नियामकीय सूचक तोकिएको सीमाभित्र कायम राख्न पुनः सचेत गराएको छ।

narayani dev bank

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै