काठमाडौँ। मातृभूमि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बखत बहादुर बटाला नियुक्त भएका छन्। कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले बटालालाई सो पदमा नियुक्त गरेको हो।
उनी वैशाख २४ गतेदेखि नै लागु हुने गरी सिइओमा नियुक्त भएका छन् । बटालाको कार्यकाल ४ वर्षको रहने लघुवित्तले जनाएको छ।
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘घ’ वर्गको लघुवित्त संस्था हो। यो संस्था किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्ज भएर बनेको हो।
यस लघुवित्तको २०८१ असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो।

