रास्वपाको सरकार आएपछि राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष पनि हट्ने, संचालक सिलवाल भने महावीरलाई देखाएर जोगिने दाउमा !

काठमाडौँ । एमाले भएकै कारण राष्ट्रिय बाणिज्य बैंकमा नियुक्ति पाएका देवकुमार ढकाललाई अन्तत: रास्वपाको सरकारले हटाउने भएको छ । आफ्नै सहकर्मीलाई दुर्व्यवहार गरेको प्रकरणमा दोषी देखिए पनि एमालेको जोडबलमा बैंकको अध्यक्ष पदमा नियुक्त भएका उनलाई रास्वपाको सरकारले हटाउने भएको हो ।
यता सोहि बैंकका संचालक हरि सिलवाललाई पनि रास्वपाले हटाउने भएको छ । उनी गैरकानुनी रुपमा सो बैंकको संचालक बनेका थिए । बैंकको ऋणी हुँदाहुँदै गैरकानुनी रुपमा संचालक बनेका उनी चौतर्फी विवादमा परे पनि महावीरको मान्छे भन्दै पदमा टाँसीएर बसेका छन् । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका सिलवाल पनि संचालक हुन् । यद्यपी यसपटकको सरकारले उनलाई हटाउने चर्चा रास्वपाभित्र सुरु भएको छ ।
यसो त उनीहरु दुईसंगै कृषि बिकास बैंकका अध्यक्ष डिम प्रकाश पौडेललाई रास्वपाले हटाउने भएको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै