काठमाडौँ। बैंकिङ कसुरको अभियोगमाा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिनेश डङ्गोल रहेका छन्।
नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा डङ्गोललाई पक्राउ गरेको हो । ब्यूरोले प्रतिवादी अशोक शेरचन समेतमाथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डङ्गोललाई पक्राउ गरेको हो ।
बैंकको महत्वपूर्ण विभागमा कार्यरत डङ्गोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरित कार्य गरेको तथा प्रभु म्यानेजमेन्ट प्रालि समेतमा प्रवाह ऋणमा कर्जा दुरुपयोग गरेको पाइएको छ ।


