काठमाडौं । सिन्धु विकास बैंकको शाखा कार्याालय भकुण्डेले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्रीकृष्ण आधारभूत विद्यालय, नमोबुद्ध ३ काभ्रेमा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममार्फत विद्यार्र्थीहरू तथा अभिभावकहरुलाई बचत, खर्च व्यवस्थापन, बैंकिङ्ग सेवाहरू तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
साथै, सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठन–पाठन तथा सर्वाङ्गीण विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले आवश्यक शैक्षिक सामग्रीका साथै खेलकुद सामग्रीसमेत उक्त विद्यालयलाई हस्तान्तरण गरिएको छ । यस किसिमका कार्यक्रमहरू मार्फत समुदायको शैक्षिक तथा वित्तीय सशक्तीकरणमा योगदान पुर्याउने बैंकको प्रतिबद्धता निरन्तर रहने कुरा उक्त कार्यक्रममा बैंकको तर्फबाट समान्य प्रशासन विभाग प्रमुख रधुनाथ कोईरालाले व्यक्त गरे ।
उक्त कायैक्रममा बैंकको तर्फबाट मार्केटिङ्ग विभागबाट भुबन निरौला, भकुण्डे शाखा प्रमुख हरिसरण थापा तथा बिजय अधिकारीको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै बिधालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार मैनाली तथा प्र.अ.बसन्त कुमार अधिकारीले बैंकले गरेको यस किसिमको सहयोगले विद्यार्र्थीहरूको पठन पाठन तथा अक्तिरिक्त क्रियाकलापमा सहयोग पुग्ने भन्दै आगामी दिनमा यस्ता किसिमको सहयोगको अपेक्षा राख्दै बैकलाई धन्यवाद ज्ञापन गरेका छन् ।


