गभर्नर पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर फानबीच भेटवार्ता

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर फान कोङसङबीच भेटवार्ता भएको छ ।  माघ
१४ गते उनीहरूबीच भेटवार्ता भएको हो ।

Bank for International Settlements (BIS) द्वारा चीनको थिआनचिनमा आयोजित ’20th Asia-Pacific High-level Meeting on
Banking Supervision’ कार्यक्रममा सहभागी हुने क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटका अवसरमा उहाँहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदानप्रदानका क्षेत्रका अवसर र चुनौतीबारे छलफल भएको छ । साथै, वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ, र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदानप्रदानका विषयमा गभर्नरद्वयबीच छलफल भएको थियो ।

यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्यूआर कोडफमार्फत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत उनीहरुबीच छलफल भएको थियो । सो अवसरमा पीबीओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदानप्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा राखे ।

चीन भ्रमणका क्रममा गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेको विचार व्यक्त गरेका छन्।

भेटका अवसरमा पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैंकका तगभर्नर पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर फानबीच भेटवार्ताबाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेकोसमेत सहभागिता थियो ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै