काठमाडौँ। सिन्धु विकास बैंकले नयाँ सिइओ पाएको छ। जेठ ११ गतेदेखि लागू हुने गरी बैंकले नयाँ सिइओ पाएको हो।
बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गणेश कुमार केसी नियुक्त भएका छन्। आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सिओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
केसीको कार्यकाल ४ वर्षको हुनेछ । केसी बैंक कै नायब सिइओको रुपमा कार्यरत थिए।
आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउने अपेक्षा लिएको बैंकले जनाएको छ ।


