आफुलाई नम्बर १ दाबी गर्ने नाममा दण्डनीय अपराध गर्दै नेपाल लाइफका अभिकर्ता, असभ्य हर्कतले सञ्जाल भरिभराउ !

काठमाडौँ । बर्षौंदेखि केहि निश्चित हाकिम, र अभिकर्ताका कारण विवादै विवादमा परिरहेको नेपाल लाइफ केहि दिन यता अभिकर्ताको आन्तरिक विवादमा फसेको छ । त्यहि विवादको मेसो मिलाएर एक पक्षका अभिकर्ताहरु कम्पनीको भण्डाफोरमा उत्रिएका छन् । बीमा अभिकर्ताहरुले नै नेपाल लाइफले बीमाका नाममा ठगी गरिरहेको भन्ने गम्भीर आरोप लगाएपछि बीमित आत्तिएका छन् । बिमित आत्तिए पनि कम्पनीले यस विषयमा कुनै पनि आधिकारिक धारणा व्यक्त गरेन, किनकि यसले थप समस्या निम्त्याउन सक्छ भन्ने कुरामा कम्पनी सजग थियो । तर अण्ठसन्ठ बोलेर मिस सेल गरेका केहि अभिकर्तालाई कम्पनीका बारे भण्डाफोर असह्य भयो । त्यसपछि उनीहरु व्यक्तिगत गाली गलौज लगायतका असभ्य हर्कत देखाउन थाले ।
नेपाल लाइफ राम्रो भन्न दिनभरी लाइभ, गालीगलौज गर्न फेक आइडीको समेत साहारा
नेपाल लाइफको विवाद छताछुल्ल भएपछि विमितलाई आफ्नो पैसाको चिन्ता हुनु स्वाभाविक हो । तर बिमितले फोन गर्न थालेको भन्दै केहि बीमा अभिकर्ताहरुले त दिनभर नै फेसबुकमा बसेर आफ्नो कम्पनीको रिस गरेको, विरोधी अभिकर्ताहरुले नै मिडियामा समाचार लेखाउन लगाएको जस्ता आरोप लगाउन थाले । उनीहरु निरन्तर भ्रामक समाचारको पछि नलाग्नु भनिरहेका थिए । तर कुन समाचार भ्रामक भयो वा सत्य के हो भन्नेतिर लागेनन् । बरु एकोहोरो नेपाल लाइफ सहि छ, अरु सबै गलत छ भन्ने गलत तर्क दिएर आफ्नै कम्पनीका अरु विरोधी अभिकर्ताहरुलाई गाली गर्दै थिए ।
गाली गर्ने क्रममा नेपाल लाइफका केहि अभिकर्ताहरुले छाडा गालीसमेत गरेको पाइएको छ । बीमा गर्दा नम्र भएर गर्ने उनीहरुको असली व्यवहार कस्तो छ भन्ने कुरा फेसबुकमा छताछुल्ल भएको छ ।
बीमा अभिकर्ताहरुको हर्कत यतिसम्म देखिएको छ कि फेक आइडी बनाएर समेत उनीहरुले नेपाल लाइफको विरोध गर्नेलाई गाली गरिरहेको पाइएको छ । प्रचलित कानुन अनुसार यसलाई दण्डनीय अपराध मानिन्छ ।
अति भएपछि बोल्यो प्राधिकरण
नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले जे पनि बोल्ने, जे भनेर पनि बीमा गर्ने, पोलिसीहरुको अपव्याख्या गर्ने, नम्बर वान कम्पनी भन्दै कानुनमै नभएको विषय पनि बोल्ने, बीमालाई फिक्स्ड बचत हो भनेर भ्रम छर्ने, हुँदै नभएको सुविधाको लालच देखाएर बीमा गराउनेजस्ता कार्य गरेको पाइएपछि अन्तत: नेपाल बीमा प्राधिकरण बोलेको छ । प्राधिकरणले त्यसो नगर्न चेतावनी दिँदै गरेमा कारवाही हुनेसमेत जनाएको छ । नेपाल लाइफले पनि आफ्ना अभिकर्ताहरुलाई जथाभावी नबोल्न र जथाभावी बोलेर बीमा नगर्न चेतावनी दिईसकेको छ । केहि अराजक बीमा अभिकर्ताका कारण समग्र नेपाल लाइफका राम्रा अभिकर्ताहरुको छवि माथि पनि धक्का पुगिरहेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्