नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ, किन भएन पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक ?

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्। दाङको घोराही शाखामा कार्यरत बैंकका कर्मचारीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका हुन्।

पक्राउ परेका व्यक्तिको परिचय भने हाल सार्वजनिक भएको छैन।  प्रहरीले छिट्टै पक्राउ परेका व्यक्तिको नाम र अन्य विवरण सार्वजनिक गर्ने जनाएको छ।

कुटपिटबाट कर्मचारी सामान्य घाइते भएका थिए। बैंकको घोराही शाखामा कार्यरत कर्मचारीमाथि कर्जा असुलीको क्रममा पुस २० गते अराजक समूहले आक्रमणमा गरेका थिए।

यसअघि पनि सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको घटना बाहिर आएको थियो। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कर्मचारी युनियनले एक सूचना जारी गर्दै घोराही शाखाका कर्मचारीमाथि ज्यान मार्ने नियतसहित कुटपिट गरिएको यो घटना केबल एक बैंक वा कर्मचारीमाथिको आक्रमण मात्र नभई कानुनी शासन, वित्तीय अनुशासन र सभ्य समाजमाथिकै खुला चुनौती भएको जनाएको थियो। यो पनि हेर्नुहोस्:

ऋण उठाउन जाँदा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि अराजक समूहले गरे आक्रमण, अब हुन्छ त कारवाही ?

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै