ऋण उठाउन जाँदा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि अराजक समूहले गरे आक्रमण, अब हुन्छ त कारवाही ?

काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि अराजक समूहले आक्रमण गरेको घटना सार्वजनिक भएको छ। बैंकको घोराही शाखामा कार्यरत कर्मचारीमाथि कर्जा असुलीको क्रममा पुस २० गते अराजक समूहले आक्रमणमा गरेका हुन्।

यसअघि पनि सप्तरीको रुपनीस्थित ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार भएको घटना बाहिर आएको थियो। उक्त घटना सेलाउन नपाउँदै अहिले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि अराजक समूहले आक्रमण गरेको घटना बाहिर आएको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कर्मचारी युनियनले एक सूचना जारी गर्दै घोराही शाखाका कर्मचारीमाथि ज्यान मार्ने नियतसहित कुटपिट गरिएको यो घटना केबल एक बैंक वा कर्मचारीमाथिको आक्रमण मात्र नभई कानुनी शासन, वित्तीय अनुशासन र सभ्य समाजमाथिकै खुला चुनौती भएको जनाएको छ।

पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक मञ्चबाट बैंक कर्मचारीविरुद्ध खुलेआम धम्की, अपमानजनक भाषा र ‘कर्जा नतिर्ने’ आपराधिक मानसिकता प्रवर्द्धन भइरहेको भन्दै युनियनले नियामक निकायको मौनतालाई लज्जास्पद भनेको छ। यो हेर्नुहोस्:

 

 

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै