सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण मिलाउन राष्ट्र बैंक तयार

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न राष्ट्र बैंक तत्पर रहेको बताएका छन्। गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ लाई सम्बाेधन गर्दै गभर्नर पौडेलले यस्तो बताएका हुन्।

गभर्नर पौडेलले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड दिनुपर्ने उल्लेख गर्दै सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न राष्ट्र बैंक तत्पर रहेकामा जोड दिएका छन् ।

उनले निजी व्यवसायीलाई उच्चमनोबलका साथ काम गर्न प्रोत्साहित गर्दै निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै