रिलायन्स फाइनान्सले लाभांश नदिने, सेयरधनीहरू निरास !

काठमाडौँ। रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगरी वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले लाभांश वितरण नगर्ने भएपछि रिलायन्स फाइनान्सका सेयरधनीहरू निरास भएका छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै