निर्धन उत्थान लघुवित्तले १२ प्रतिशत लाभांश दिने

काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

जसमध्ये ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेका छन् । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै