काठमाडौँ। सिद्धार्थ बैंकका सिइओको तलव गैर कानुनी रुपमा बढाइएको बारे प्रश्न उठेपछी राष्ट्र बैंकले यस विषयमा सोधनी गरेको पाइएको छ । पछिल्लो समय सबैभन्दा विवादित सिइओमध्येका एक सिद्धार्थ बैंकका सिइओको तलवमा मनपरि भएको भन्दै प्रश्न उठेपछी राष्ट्र बैंकले सिद्धार्थकाई सोधनी गरेको हो ।
सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकलाई नै चुनौती दिंदै गैरकानुनी रुपमा सीइओको तलव बढाएको हो । राष्ट्र बैंकले केहि समय अगाडी अर्को व्यवस्था नभएसम्मका सीइओको तलव भत्ता नबढाउन निर्देशन दिएको थियो ।
तर, राष्ट्र बैंकको नियम नै अटेरी गर्दै सिद्धार्थ बैंकले सीइओको बेसिक तलव नै ३ लाख ५९ हजार ८ सय ८५ रुपैयाँले बढाएको छ । त्यस्तै, बैंकले काम सकिएको ३ बर्षसम्म पनि भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगरेर भेण्डरहरुलाई हदैसम्म दुख दिने गरेको पनि पाइएको छ ।
दर्जनौं पटक फलोअप गर्दा पनि बैंकले हदैसम्म गैरजिम्मेवार बनेर भेन्डरहरुको भुक्तानी रोक्ने गरेको पाइएको हो ।




